Tuesday, January 13, 2009

FUNNY NEPALI JOKES-3

दुई जना दाजु-भाईको केही समय पछि भेट भएछ।
दाजु :- के छ भाई हाल खबर?
भाई :- के हुनु नि? गए डोटी,खाए रोटि ,फर्कदा धोती ना टोपी।
अनि तपाईको के छ, दाजु ?
दाजु :- आफ्नो पनि त्यहि हो, गए ईलाम, खाए सिलाम,फर्कदा धोती नै लिलाम।

बाबु: तिमीले कलेजमा सिकेको महत्वपूर्ण दुईवटा कुरा भन त ।
छोरा: दाँतले बियर खोल्न र एक हातले सलाई बालेर चुरोट सल्काउन ।
केटी: तिमी बिहेपछि पनि मलाई यतिकै माया गर्छौ ?
केटा: त्यो त तिम्रो श्रीमानमा भर पर्छ, यदि उसले मलाई अनुमति दिन्छ भने ।
श्रीमान श्रीमति बीच कुराकानी
श्रीमान: यदि मैले पैसा नकमाएको भए यो घर आज हामीसँग हुने थिएन ।
श्रीमति: यदि तपाईसँग पैसा नभएको भए आज म पनि तपाईसँग हुने थिएन ।

बिरामी: मेरो किराले खाएको दाँत निकाल्नलाई कति लाग्छ ?
डाक्टर : एउटा दाँतको ५०० रुपैँया लाग्छ ।
बिरामी: कति समय लाग्छ नि ?
डाक्टर : १५ मिनेटमै सकिन्छ ।
बिरामी: ओहो, १५ मिनेटकै पाँच सय ! तपाईलाई के थाहा ? मैले ५-५ दिन लाएर कमाएको यो पाँच सय ।
डाक्टर : नआतिनुस न, तपाई चाहनुहुन्छ भने म पनि पाँच दिनमा मात्र तपाँईको दाँत निकालिदिन्छु ।
एक दिन मुन्द्रे बस पार्कमा डाईभर सँग
यो बसले मलाई तराई पुर्याउछ?
डाईभर:कुन भाग
मुन्द्रे :मेरो पुरै जिउ सबै भाग होइन
एक दिन मुन्द्रे र उसको साथी ए टी एम मा पैसा झिक्न गएछन
मुन्द्रेले पिन कोड दबाएपछि खुसी हुदै साथीले भनेछ मैले तेरो कोड देखी
यो ४ वटा एसट्रिक रैछन
मुन्द्रे :खुब देखिछस त्यो त ४२५४ हो
मुद्रेलाई एक साथीले फोन गरेछ र भनेछ
हेलो म बलिरहेछु
मुन्द्रे अच्चम मान्दै :ए यहाँ पनि मै बोली रहा छृ त
दुईजना कर्मचारी कुरा गर्दै
पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ...त्यहि मासुको भुटुवासँग...दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो: हँ ! किन ...?
पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।
एक दिन कलेजमा “साँच्चिकै भगवान छ कि छैन” विषयमा विद्यार्थीहरुबीच छलफलको कक्षा थियो । शिक्षक आएर कक्षामा सबैलाई सोध्न थाले: “कसैले भगवानले बोलेको सुनेका छौ ?” कोहि पनि बोलेनन् । शिक्षकले फेरी सोध्यो “कसैले भगवानलाई छोएका छौ ?” अझ पनि कोहि बोलेनन् । उसले फेरी सोध्यो “कसैले भगवान देखेका छौ ?”
तेश्रो पटक पनि कोहि नबोले पछि शिक्षकले प्रमाणित गर्‌यो “यो संसारमा भगवान नै छैन ।“

एउटा विद्यार्थीलाई शिक्षकले प्रमाणित गरेको कुरा चित्त बुझेन र उसले बोल्ने अनुमति मागे । शिक्षकले अनुमति दिएपछि उठेर उसले आफ्ना साथीहरुलाई सोधे “यो कक्षामा कसैले सरको दिमाग सुनेका छौ ?” सबै चुपचाप रहे । उसले फेरी प्रश्न गर्‌यो “यो कक्षामा कसैले सरको दिमाग छोएका छौ ?” कसैको जवाफ आएन र उसले फेरी प्रश्न गर्‌यो “यो कक्षामा कसैले सरको दिमाग देखेका छौ ?“

अन्तिममा पनि कसैले जवाफ नदिएपछि ऊसले भन्यो “हाम्रो सरको प्रमाण अनुसार, उहाँको दिमाग नै छैन ।“
एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरु डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरुलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरुको भन्दा अलि महँगो छ, त्यसैळे ।
रामु नामको एक व्यक्तिको गाउँमा छोरा जन्मेको खबर आयो, ऊ छोरा हेर्न सोही दिन गाउँ जाने तर्खरमा लागे । उसको गाउँ जान गाडीमा दुई दिन लाग्ने भएकोले ऊ प्लेनबाट जाने भनि एयरपोर्ट पुगे ।
पहिलो पटक एयरपोर्ट छिर्न लागेका उसलाई गेटमा चेकिङमा बसेको प्रहरीले रोके: हे भाई, कहाँ जान लागेको ?
रामु: मेरो छोरा जन्मेको छ, म उसलाई भेट्न जान लागेको” ।
प्रहरी: टिकट खै त ?
रामु: छैन ।
प्रहरी: त्यसो भए जाउ ? (झोँक्किएर)
रामु: कहाँ जाने ? (अलमल्ल पर्दै)
प्रहरी: जहाँ तिम्रो छोरा जन्मेको छ ।
रामुको घरमा फोनको घण्टी बज्यो, उसले श्रीमतीलाई घरमा छैन भनिदेऊ भनेर फोन उठाउन लगाए,
श्रीमतीले फोन उठाएर भनि: ऊ घरमै छ
रामु (रिसाउँदै): मैले घरमा छैन भन भनेको होईन ? किन छ भन्यौं ?
श्रीमती: होईन, त्यो मेरै फोन थियो ।
रामले आफ्नो बारेमा बयान गर्दै हरिलाई भन्यो,
राम: मेरो डिस्नरीमा “इम्पोसिबल” शब्द नै छैन ।
हरि: पहिले किन्ने बेलामा हेर्नुपर्ने थियो नि, सबै शब्द छ कि छैन ।
शिक्षकले कक्षामा विद्यार्थीहरुलाई विवाहको बारेमा लेख्न लगाए । सबैले एक एक पेज विवाहको बारेमा लेखेर बुझाए । अन्तिममा श्यामले भने एक हरफ मात्र लेखेर बुझाए । उसले लेखेको थियो “विवाह एउटा सम्झौता हो, जहाँ केटाले व्याचलर डिग्रि गुमाउछ भने केटीले मास्टर हात पार्छन् ।
एक युवक एक दिन शिवजीको प्रार्थना गर्दै कठोर तपस्या बसे, त्यसबाट शिवजी प्रशन्न हुनुभयो र उहाँले के चाहिन्छ माग्न आग्रह गर्नुभयो, उसले शिवजीसँग गितार मागे । त्यत्रो तपस्या बसेर जाबो गितार मागेको देखेर शिवजी अचम्म पर्नुभयो र भन्नुभयो -“तिमीले यत्रो तपस्या गरेका छौ बालक, जाबो गितार किन माग्छौ, अरु केहि माग।“
युवक –“मलाई गितार नै चाहिएको छ भगवान, गितार भए अरु केहि चाहिँदैन ।“
शिवजी: हे बालक, मसँग गितार भईदिएको भए मैले डमरु किन बोक्थेँ र ?
श्यामे: मेरो प्रेमीलाई के गिफ्ट दिनेहोला ?
चतुरे: सुनको रिङ देउ न त ।
श्यामे: साह्रै महँगो यार ।
चतुरे: त्यसो भए एम आर एफ कम्पनीको टायर देउ न त ।
दुई ड्राईभरबीच कुराकानी
पहिलो: तिम्रो गाडीको नाम के हो ?
दोश्रो: अँ... मैले त भुलेँ यार, तर... टि बाटै स्टार्ट हुन्छ ।
पहिलो: हो र ! मेरो त पेट्रोलबाट स्टार्ट हुन्छ ।
मुन्द्रेले एउटा विहेको पार्टीका निम्ति निम्तो कार्ड पाए, कार्डमा लेखिएको थियो “रातो टाई मात्र” । जब ऊ पार्टीमा गयो, ऊ छक्क परे । किनकि अरु सबैले रातो टाईसँगै सर्ट र पाईन्ट पनि लगाएको थियो ।
एक यूवक साधुकहाँ गएर सोधे
“बाबाजी, उनी बिना म बाँच्न सक्दिन, उनीलाई जसरी हुन्छ मेरो जीवनसाथी बनाउन चाहन्छु, केहि उपाय दिनुस् ।“
साधुले भने- “हे बालक, यसको लागि म तिमीलाई एउटै मात्र उपाय दिन सक्छु, अरु कुनै उपाय मसँग छैन र कसैले पनि दिन सक्दैन।“
यूवक (खुसी हुँदै) -“बाबाजी, भन्नुस् न त कस्तो उपाय ?”
साधु – साधु बन, म जस्तै ।
एक केटा र केटी गाडीमा गईरहेको थियो
केटी: तिमी एक हातले गाडी चलाउन सक्छौ ?
केटाले सान देखाउँदै: अँ, सकिहाल्छु नि । (उसले एक हाले गाडी चलाएर देखाए ।)
केटीले फेरी : अब अर्को हातले नाक सफा गर ।
एउटा भिखारीले पाटीमा बसेर भिख मागीरहेका थिए । एक व्यक्ति नजिकै आई पुगेपछि भिखारी हात जोडदै बिन्ती गर्न थाले:
“हजुर! म तीन दिनदेखि भोकै छु । दया गर्नुस हजुर, एक दुई पैसा दान गरेर जानुस् ।“

अर्को व्यक्तिले झोक्किएर भन्यो: “चुपलाग” ।
त्यसपछि विस्तारै भिखारीको छेउमा गएर उसले भन्यो: “म पनि यहिँको स्टाफ हुँ क्या !”

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: “सर! थप कपी” ।
दुई जना स्कुले बालकहरु श्यामे र रामे स्कूल जाँदै गर्दा बटोमा गफ गर्दै:श्यामे: अँ, हिजो त मैले अनौठो कुरा देखेँ नि !रामे: के हो त त्यस्तो अनौठो कुरा ? श्यामे: मैले हिजो कुखुराले अण्डा परेको देखेँ नि !रामे: यस्तो सानो कुरा पनि सुनाउने हो ? श्यामे: केको सानो कुरा ? सक्छस् भने तैँले पारेर देखा त ।
कक्षामा निबन्ध लेख्ने विषयमा दुई जना विद्यार्थीबीच भलाकुसारी चल्यो । पहिलोले सोधेछ:
पहिलो: मलाई निबन्ध लेख्न साह्रै गार्हो लाग्छ, कसरी लेख्ने होला है ?
दोश्रो: निबन्ध ? त्यो त सजिलो छ नि !
पहिलो: कसरी लेख्ने भन न त ।
दोश्रो: हातमा कलम समात अनि लेख न ।
एकदिन कुइरे र नेपालीले मित लगाएछन।
नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है।
कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी ।
कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्।
पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न।
दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १—१ गिलास दिनुस् त्
(पसलेले चिया दिन्छ)
पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि।
दोस्रो:- हो त नी।
लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्र
स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?
लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।
राजुको सबै दाँत किराले खाएर झरेको थियो। उ गाँउको सबै भन्दा छुच्चो र रिसउठ्दो फटाहा केटा थियो। उसलाई केही भन्ने बितिकै उसले तेरो बाउको टाउको भन्थ्यो र पनि उसलाई सबैले जिस्काउथे। त्यो मध्ये पनि एउटा बुढो सधै जिस्काउँदथ्यो। तर जहिले पनि राम्रो नराम्रो जे भने पनि, तेरो बाउको टाउको भनि हाल्थ्यो। त्यसबाट आजित भएर बुढोले केटाको बाउलाई सबै कुरा भनी दिएछ। त्यो सुनेर बाउ एक दमै रिसाएर छोरालाई बेसरी कुटेछ। र कायल काबु पारेछ, र अब नभन्ने बाचा गराएछ।
फेरी पहिले जस्तै बुढोले राजुलाई जिस्काएछ।
राजु:- तेरो..............................
बुढो:- भनिस भने तेरो बाउलाई भनेर कुटाउछु, बुझिस्।
राजु:- मैले हिजो भनेको...............
राम : मैले मोबाइलमा नम्बर डायल गर्‌यो कि एउटी केटीले मलाई जिस्क्याउँछे यार ।
लालु: हो र ? के भन्छे त ?
श्यामे: तिमी आफै सुन न ।
रामे ले सुन्छ “माफ गर्नुहोला तपाँईले सम्पर्क गर्नुभएको मोवाइल लभ गरिरहेको छ ।“

No comments:

Post a Comment